Byroad News

Loading...

मोबाइलको आईएमईआई दर्ता प्रणाली अवरुद्ध


मोबाइलको आईएमईआई दर्ता प्रणाली अवरुद्ध

काठमाडौं/२४ असार
मोवाइल सेटको आईएमईआई दर्ता प्रणाली अवरुद्ध भएको छ । एकै पटक धेरैले आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न खोजेपछि प्रणालीमा समस्या आएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

दूरसञ्चार प्राधिकरणले मोवाइल सेटको गैरकानूनी आयात, बिक्री, वितरणलाई निरुत्सान गर्नका लागि दर्ता गर्ने प्रावधान ल्याएको छ । 

जसअनुसार देश बाहिरबाट ल्याइएका मोवाइलको आईएमईआई अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ । तर, सबैले दर्ता गर्न थालेपछि दर्ता प्रणालीमै समस्या आई अवरोध भएको प्राधिकरणले जनाएको छ ।

Comments

KATHMANDU WEATHER