काठमाडौं/१७ असार
नेपाल राष्ट्र बैंकले आफ्नो कुनै पनि आधिकारिक फेसबुक नभएको जानकारी दिँदै नक्कली फेसबुक बनाएर अफवाह फैलाइएकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकले फेसबुक पेजमार्फत कुनै पनि प्रकारको सूचना, जानकारी तथा आह्वान नगरिएको बताएको छ । अनधिकृत रूपमा बनाइएको फेसबुक पेजबाट कुनै पनि सूचना नलिन बैंकले आग्रह गरेको छ ।
बैंकले राष्ट्र बैंकको नाममा फेसबुक बनाई भ्रामक जानकारी तथा सूचना पोस्ट भइरहेको भन्दै अनधिकृत रूपमा राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी पोस्ट गर्ने/गराउनेलाई साइबर अपराधसम्बन्धी कानुनबमोजिम कारबाही हुने जनाएको छ ।
राष्ट्र बैंकले बैंकको नाममा बनाइएको अनधिकृत फेसबुक पेजबाट फैलाइएको भ्रामक पोस्टमा विश्वास नगर्न पनि अपिल गरेको छ ।
Featured News
-
5 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments