काठमाडौं/१२ असार
अवैध रुपमा दलालले श्रीलंका पुर्याएका २५ नेपाली महिलाको उद्दार भएको छ । भारतको बाटो हुँदै त्यहाँ पुर्याइएका उनीहरु पक्राउ परी अध्यागमन उलंघनको मुद्दा खेपिरहेकोमा सरकारले उद्दार गरी स्वदेश फिर्ता ल्याउन सफल भएको हो ।
लामो समय हिरासतमा बसी मानसिक र शारीरिक स्वास्थ्य समस्या झेलेका ती महिलालाई स्वदेश फिर्ता पश्चात सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप स्वास्थ्य उपचारसहितको सेवा प्रदान गरिएको माइती नेपालले जनाएको छ ।
माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले आज (शनिबार) जारी गरेको विज्ञप्तिमा लामो समयदेखि उद्दारका लागि पहल गरिँदै आएकोमा बिहीबार उनीहरुलाई नेपाल फर्काउन सफल भएको उल्लेख गरिएको छ ।
यसअघि केही पहिले पनि सरकारले श्रीलंकाबाटै ४ महिलाको उद्दार गरेर पारिवारिक पुनर्मिलन गराएको थियो ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments