काठमाडौं/११ असार
सरकारले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्राको खोप दिने भएको छ ।
भेरोसेलको पहिलो मात्रा यही जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर दिइएको थियो । ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकले भेरोसेलको पहिलो मात्रा खोप पाएका थिए ।
स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले पहिलो मात्रा लगाएका ३ लाख ७० हजार नागरिकलाई दोस्रो मात्राको खोप दिइने बताएका छन् ।

Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments