काठमाडौं/९ असार
नेपाल प्रज्ञा प्रतिष्ठानले भर्चुअल माध्यमबाट ‘राष्ट्रिय कविता महोत्सव–२०७८’ सम्पन्न गरेको छ । आफ्नो ६४ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव-२०७८ आयोजना गरिएको हो ।
महोत्सवको अवसरमा गरिएको कविता वाचन प्रतियोगितामा भोजपुरकी कविता राई प्रथम हुनु भएको छ । उहाँ ‘देशको नक्सा’ शीर्षकको कविताबाट प्रथम हुनु भएको हो ।
प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले विज्ञप्ति जारी गर्दै प्रतियोगितामा पुस्कृतहरुको नाम सार्वजनिक गर्नु भएको हो ।
प्रतियोगितामा धादिङकी अमृता स्मृति द्वितीय, ताप्लेजुङकी सविता बराल, बर्दियाकी निरन्जनाकुमारी चन्द र नुवाकोटका प्रकाश सिलवाल तृतीय हुनु भएको छ ।
Featured News
-
3 months agoरुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
-
-
3 months ago"महिला उमेदवार सिफारिसको अधिकार अनेमसंघलाई"

Comments