काठमाडौं/९ असार
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले सरकारले घोषणा गरेको निर्वाचनको तयारीमा जुट्न मातहतका प्रहरी अधिकारीहरुलाई निर्देशन दिनु भएको छ । उहाँले हालै सरुवा भई कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकलाई आज (बुधबार) प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा निर्देशन दिनु हुँदै उहाले घोषित निर्वाचनको पूर्व तयारीका लागि अन्य सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय तथा सहकार्य गर्नुपर्नेमा जोड दिनु भएको छ ।
थापाले जनशक्ति तथा साधन स्रोतको उचित व्यवस्थापन गरी प्रकोप नियन्त्रणमा ध्यान दिन पनि आग्रह गर्नु भयो । सम्भावित बाढी, पहिरो, डुवानजस्ता मनसुनजन्य विपद् जोखिम न्युनिकरणमा सक्रियतापूर्वक लाग्न मातहतका प्रहरीलाई निर्देशन दिनु भएको छ । उहाँले प्रहरी अधिकृतले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम, निषेधाज्ञा कार्यान्वयनमा पनि सक्रियतापूर्वक लाग्न निर्देशन दिनुभयो ।
प्रहरी महानिरीक्षक थापाले आफू मातहत प्रहरी कर्मचारीको मनोवल उच्च बनाउन, उनीहरुको गुनासो सुनुवाइको व्यवस्थापन, अनुगमन तथा निरीक्षणमा विशेष ध्यान दिन पनि अनुरोध गर्नु भयो ।
उहाँले हिंसात्मक गतिविधि, जघन्य, साइबर, कालोबजारी, तस्करी जस्ता आपराधिक गतिविधिप्रति संवेदनशील हुनुपर्ने उल्लेख गर्नु हुँदै सरुवा भई जान लागेका कार्यालयको विशिष्टता अनुरुप प्राप्त नयाँ जिम्मेवारीलाई पदीय दायित्व अनुसार भूमिका निर्वाह गर्न पनि सुझाव दिनुभयो ।
गृहमन्त्रालयले हालै १९ प्रहरी नायव महानिरीक्षक र १५ प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । जस अनुसार सातै प्रदेशका प्रहरी प्रमुख समेत फेरिएका छन् ।
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments