थाहानगर/९ असार
थाहानगरमा अहिले पनि ४६६ जना सक्रिय कोरोना संक्रमित छन्, २२ जनाको थाहानगर बाहिर विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । कोरोना संक्रमण कै कारण मृत्यु हुनेको संख्या १२ जना पुगिसक्यो । तर, थाहानगरमा यतिबेला कोहि नयाँ मानिस आए भने उसले कोरोना मुक्त नगर रहेछ भनेर बुझ्नेछ्न । कारण बजार बन्द गर्दा गर्दा आजिद भएका व्यवसायीहरुले निषेधाज्ञा तथा कोरोनाको पर्वाह नगरी सबै पसलहरु खोल्न थालेका छन् । पसलहरु खुलेसङ्गै चहलपहल पनि निक्कै बढेको छ । 
अहिले साझ ६ बजेको शिखरकोट बजार
अब थाहानगरमा सहकारीको दैनिक संकलन, लघुवित्तहरुको बैठक र शिक्षण संस्थाहरुमा भौतिक उपस्थितिमा पठनपाठन अनि सरकारी कार्यालयहरुमा नागरिकलाई सेवा प्रदान गर्न मात्रै बाँकी देखिन्छ ।
निषेधाज्ञा अनुसार बैंकहरुले हरेक दिन १० बजेदेखि २ बजेसम्म र सहकारी तथा अन्य वित्तीय संस्थाहरले कर्मचारी कटौती गरि आन्तरिक काम गर्न दिइएको निर्देशन पालना बाहेक अन्य सबै प्रकारका व्यवसायीहरुले निषेधाज्ञा पढ्न समेत छोडेका छन् । 
अहिले बेलुकी साढे ५ बजेको ओखर बजार
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले संक्रमणको जोखिम निर्मुल नै नभईसकेको समिक्षा गर्दै असार १४ गते राती १२ बजेसम्मलाई निषेधाज्ञा थप गर्ने गरेको निर्णय वेवास्ता गर्न थालिएका छन् ।
निषेधाज्ञामा अत्यावश्यक काम परी घर बाहिर निस्कनुपर्दा अनिवार्यरूपमा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने, नगराउने समेत उल्लेख भए पनि कार्यान्वयन गर्नेको संख्या न्यून देखिन्छ ।
आज (बुधबार)देखि सबै किसिमका व्यवसायहरु औषधि पसल, कृषि बीउबीजन तथा मल विकी वितरण गर्ने पसल र भेटनरी, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल सरह खुलेका छन् ।
तर ती बाहेक अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध माछामासु, अण्डा, फलफूल तथा तरकारी विक्री वितरण गर्ने पसलहरू विहान ४ बजेदेखि बिहान १० बजेसम्म मात्र खोल्न पाइने उल्लेख छ ।
अहिले बेलुकी ६ बजेको सिम्भञ्ज्याङ
यसैगरि, पुस्तक तथा स्टेसनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरु, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ताचप्पल पसल, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् विकीवितरण गर्ने पसल दिनको १२ बजेदेखि दिनको ४ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निषेधाज्ञामा उल्लेख भए पनि सबै प्रकारका व्यवसायहरु प्राय: दिनैभरि खुल्ला देखिएका छन् ।
रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट टेकअवे र होमडेलिभरी हुने गरी मात्र दिनको १२ बजेदेखि दिनको ४ बजेसम्म खोल्न पाइने जनाएको भएपनि थाहानगरमा यो सम्भावना नभएको हुँदा कतिपय रेष्टुरेन्ट पुरै बन्द छन् भने धेरैजस्तो होटल, नास्ता पसलहरु दिनैभरी खुल्ला छन् । केही पसलहरु ढोका बन्द गरि भित्र कुरिरहने गरिएको पनि भेट्टिएका छन् ।
थानाबजार
पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम, जनस्वास्थ्यका मापदण्ड पालना र भिडभाड नहुने सुनिश्चितता गरेर मात्र व्यवसाय संचालन गर्नु पर्ने उल्लेख भएपनि त्यसको पालना पक्ष फितलो देखिएको छ । यी बाहेक अन्य सबै व्यवसायहरु हाललाई बन्द रहने सूचनामा उल्लेख छ तर, अब लगभग सबै प्रकारका व्यवसायहरु खुलोसकेका छन् । यातायातका साधनहरुमा लामो।दूरीका भाडाका सवारी बाहेक थाहानगरमा अन्य सवारी संचालनमा आइसकेका छन् ।
शिखरकोट
निषेधाज्ञा अनुसार शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)भने अझै खोलिने चाजोपाजो देखिएको छैनन् । मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलहरूमा नित्य पूजा मात्र सञ्चालन गरी अन्य समयमा अनिवार्य बन्द गर्न निर्देशन दिइएको छ ।
तर, 'चेन ब्रेक' गरि कोरोना न्यूनिकरणको योजना बनाइरहदा यसरी लापरबाही रुपले बजार खुल्नाले अझै लामो समय कोरोना संक्रमण दर सून्यमा आउने संभावना नरहेको विज्ञहरु बताउछन् । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार ५ प्रतिशत भन्दा बढी संक्रमण रहेमा पूर्ण प्रभावित क्षेत्र मानिन्छ ।
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments