थाहानगर/९ असार
तत्कालीन पञ्चायत शासनका विरुद्व स्थानीय स्तरमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थाहानगरका एक जनाको कोरोनाको कारण निधन भएको छ ।
थाहा नगरपालिका १ ओखरबजार निवासी ७४ वर्षीय कृष्णमान अमात्यको वीर अस्पताल काठमाडौंमा उपचारको क्रममा मङ्गलबार राती १० बजे निधन भएको हो । उहाँ वि.स. २००४ मङ्सिर ११ गते जन्मिनु भएको थियो । उहाँको कोरोना परिक्षण पछि पोजेटिभ आएपछि सोही दिन उपचारका लागि काठमाडौं लगिएको थियो । उहाँको जेठ १४ गतेदेखि वीर अस्पतालमा उपचाररत थियो ।
उहाँ तत्कालीन पञ्चायत शासन विरुद्ध स्थानीय युवाहरुको नेतृ गर्दै तत्कालेन नेकपा मालेमा रहि भूमिगत राजनीतिमा कृयाशील रहनु भएको थियो ।
उहाँ झम्केश्वरी मावि स्थापनाका लागि पनि नेतृत्वदायी भूमिकामा रहदै अध्यापन कार्यमा समेत ६ वर्ष योगदान गर्नु भएको थियो । ओखर बजार निवासी उहाँ हाल झम्केश्वरी माविका शिक्षक अभिभावक संघका अध्यक्ष समेत हुनुहुन्थ्यो । लामो समयदेखि विद्यालय व्यवस्थापन समितिको सदस्य तथा सल्लाहकार हुनुहुन्थ्यो ।
राजनीतिमा अवसर नखोजेका उहाँ पालुङ गाउँ कमिटी, इलाका कमिटी हुँदै हाल नेकपा एमालेका जिल्ला सल्लाहकार हुनुहुन्थ्यो । उहाँको श्रीमती, ३ छोरा, २ छोरी हुनुहुन्छ ।
यसैबीच, झम्केश्वरी माविले एक विज्ञप्ति जारी गर्दै उहाँको निधनले बिद्यालयलाई अपुरणीय क्षति पुगेको जनाउदै दु:ख व्यक्त गरेको छ । नेकपा एमालेले पनि पार्टीले एक बफादार योद्धा गुमाउनु परेको प्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । उहाँको हिन्दू संस्कार अनुसार पशुपती आर्यघाटमा बुधबार दाहसंस्कार गरिदैछ ।
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments