काठमाडौँ/८ असार
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि नियमित सेवालाई सुचारु गर्ने भएको छ ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै सबै सेवा बन्द गरेको प्रशासनले निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सेवा प्रदान गर्ने भएको हो ।
सोमबार सूचना जारी गर्दै आजदेखि सेवा ग्राहीलाई नियमित सेवा दिने जानकारी दिएको छ । सेवाग्राहीले सेवा लिनुपर्ने कारणसहित प्रशासनमा उपस्थित हुनुपर्ने छ ।
सूचनामा भनिएको छ,‘कोभिड–१९ को सङ्क्रमण उच्च रहँदा मिति २०७८/१/१३ देखि यस कार्यालयबाट अत्यावश्यक बाहेकका सेवाहरू स्थगित गरिएकोमा मिति २०७८/३/८ देखि लागु हुने गरी सेवा सुचारु गर्ने निर्णय भएको छ, जनस्वास्थ्यका मापदण्डको पूर्ण परिपालना गरी अत्यावश्यक रूपमा सेवा लिनु पर्ने कारणसहित उपस्थित हुनु हुन सम्पूर्ण सेवाग्राहीमा अनुरोध छ।’
यद्यपि काठमाडौँ उपत्यकाको कोेरानो सङ्क्रमण दर घट्दो क्रममा छ । वैशाख १६ गतेदेखि पूर्णरुपमा ठप्प रहेका सेवाहरू आजदेखि स्वास्थ्य मापदण्ड पालना गर्दै सुचारु गरिने छन् ।
यातायात सेवा भने जोरबिजोर प्रणालीको माध्यमबाट सञ्चालन गरिने भएका छन् । निषेधाज्ञा खुकुलो बनाइ एक हप्ता थप भएको छ ।
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments