हेटौंडा/७
आज हेटौंडाको हुप्रचौरबाट सात जना बालबालिकाको उद्दार गरिएको छ।
हुप्रचौरमा बस्ने यी बालबालिकाको दुखदायी दैनिकी देखेर धेरै व्यक्ति तथा संघसंस्थाले खाना कपडा आदि सहयोग गर्ने गरेका थिए भने उद्दारको पहल पनि धेरै पटक भएको थियो।
आज ती बालबालिकाहरुको पीसीआर परीक्षण गरि ६ जनालाई मामाघर नेपालमा र १ जना बालिकालाई माइती नेपालमा संरक्षणको लागि पुर्याइएको छ।
उद्दार गरिएका बालबालिकाहरुमा १५ वर्षीया सन्ध्या लामा, १० वर्षीय आकाश मलाह, १३ वर्षीय सन्दिप गोले, १५ वर्षीय मुस्कान मलाह, १८ वर्षीय उमेश तामाङ, १८ वर्षीय भिमराज थिङ र १४ वर्षीय हिमाल लामा छन् । बालबालिकाकाको अभिभावकलाई अविलम्ब सम्पर्कमा आउन मामाघर नेपाल मकवानपुरले अनुरोध गरेको छ।
Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments