काठमाडौं/५ असार
एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशले खेल्ने भएका छन्। आगामी भदौमा फिलिपिन्समा आयोजना हुने सो च्याम्पियनसिपमा नेपालसहित १२ देशले सहभागिता जनाउने पक्का भएको एसियाली भलिबल महासंघले जनाएको छ।
कोरोना भाइरसको महामारीका कारण चीन, श्रीलङ्का, भियतनाम, इन्डोनेसिया र न्यूजिल्याण्डले प्रतियोगिताबाट नाम फिर्ता लिएका छन्। सुरुआतमा सो प्रतियोगिता चीनमा आयोजना गरिने तय भएको थियो। पछि कोरोनाका कारण चीनले प्रतियोगिता आयोजना गर्न अस्वीकार गरेपछि फिलिपिन्समा गर्ने निधो भएको हो।
एसियन च्याम्पियनसिपमा नेपालसहित भारत, थाइल्याण्ड, फिलिपिन्स, जापान, दक्षिण कोरिया, कजाकिस्तान, उज्वेकिस्तान, चाइनिज ताइपेई, इरान, अस्ट्रेलिया र हङकङले प्रतिष्पर्धा गर्ने छन्। नेपाली महिला भलिबल टोली पहिलो पटक एसियन च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताउनु भयो । प्रतियोगिता आगामी भदौ १३ गतेदेखि २० गतेसम्म आयोजना हुनेछ।
नेपालको महिला टोलीले २०७६ सालमा भएको पहिलो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेको थियो भने २०७६ मंसिरमा नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा फाइनलमा भारतसङ्ग पराजित हुँदै रजत पदक प्राप्त गरेको थियो। प्रतियोगिताका लागि नेपाल भलिबल संघले ३० खेलाडी छनौट गरेको छ। हाल खेलाडीहरू बन्द प्रशिक्षणमा सहभागी छन्।
बन्द प्रशिक्षणका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट ८, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्ड क्लबबाट ७/७ तथा भरतपुर मेट्रोबाट एउटा खेलाडीलाई छनोट गरिएको छ।
आर्मीबाट सुनिता खड्का, सोफिया पुन, शान्ति थारु, जानकी भण्डारी, सरस्वती जैसी, कृपा अधिकारी, संगम महतो र सृष्टि खड्का, पुलिसबाट कमला पुन, उषा भण्डारी, पुनम चन्द, कामना बिष्ट, लक्ष्मी चन्द, मनिषा चौधरी र शान्तिकला तामाङ, एपीएफबाट सरस्वती चौधरी, निरुता ठगुन्ना, हिरा केसी, उषाकुमारी बिष्ट, पुजा चौधरी, रेश्मा भण्डारी र कविता भट्ट, न्यू डायमण्ड स्पोर्ट्स क्लबबाट प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, बाल्मिका आचार्य, झरना श्रेष्ठ, रिया कुँवर र रिमा कुवँर तथा भरतपुरबाट सरस्वती कट्टेललाई छनौट गरिएको छ।
प्रशिक्षकमा जगदिशप्रसाद भट्ट रहनु भएको छ।
तस्वीर: फाइल
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments