काठमाडौं/४ असार
सर्वोच्च अदालतले ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा कम गर्ने भनी बजेटमा उल्लिखित व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडाको संवैधानिक इजलासले यस्तो आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ।
अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत् २०८७/०७९ को बजेटमा, 'वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने छ' भनिएको छ।
ढुंगा, गिटी र बालुवा निकासी भन्नेबित्तिकै भौगोलिक र जलवायु दृष्टिले संवेदनशील चुरे क्षेत्रको अत्यधिक दोहन हुने भन्दै विरोध हुँदै आएको छ।
यसविरूद्ध सर्वोच्च अदालतमा सात रिट परेका थिए। ती रिटको पहिलो सुनुवाइमै संवैधानिक इजलासले अन्तरिम आदेश गरेको हो।

Comments