थाहानगर/४ असार
असार १ गते परेको भारी वर्षाले थाहानगरको २ नम्बर वडा जोड्ने बाटोमा हालिएको ह्युम पाइप बगाएपछि मूख्य राजमार्गसँग आवतजावत करिब टुटेको छ ।
पानी परेसँगै खोला बढ्ने भएपछि पालुङ, अंगारे, फाँटबजार, सोल्टु, गैरीगाउँ, फेदीगाउँ आउने जानेलाई कष्ट भएको छ । तर, आइतबारसम्म ह्युम पाइप राखेर अस्थायी बाटो निर्माण गरिदिने पुल निर्माण कम्पनीका ठेकेदार सुजन कार्कीले बताउनु भयो ।
‘असार १ गतेको बाढीले ह्युम पाइप बगाउन थालेपछि हामीले साइड लगाएर राखेका छौँ, दैनिक परिरहेको पानीले गर्दा हाल्न कठिनाइ भइरहेको छ, तर अब छिट्टै हालिदिनेछौँ ।’ ठेकेदार कार्कीलाई छिट्टै होइन, भोलिसम्ममा हाल्ने काम गरेर जनतालाई आवतजावत सहज बनाउन बाइरोड न्यूजले आग्रह गरेपछि हुन्छ भन्ने जवाफ दिनुभएको छ ।
‘तुरुन्त ह्युम पाइप हाल्न लगाउँछु, र हालिदिने बचन पनि दिएका छन् ।’ थाहानगर प्रमुख लवशेर विष्टले बाइरोडलाई बताउनु भयो । ठेकेदार पनि स्थानीय नागरिक नै भएको हुँदा जनताको सुविधालाई हेरेर काम गर्न थाहानगरका राजनीतिक सल्लाहकार विष्णु विष्ट ‘आदर्श’ले प्रतिक्रिया दिनु भएको छ । हाल सो बाटोको देउला—इन्द्रायणी चउरको बीचमा पर्ने पालुङ खोलामा पक्की पुल निर्माणको काम भइरहेको छ।
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments