काठमाडौं/३१ जेठ
युरोकप २०२० मा नेदरल्याण्ड्सले विजयी सुरुवात गरेको छ । गएराति भएको रोमाञ्चक खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई ३-२ ले पराजित गरेको हो ।
जितपछि समूह सीमा नेदरल्याण्ड्सले ३ अंक जोडेको छ । घरेलु मैदान जोहान क्रफ एरेनामा डेन्जेल डुमफ्राइसजले खेल सकिन पाँच मिनेटअघि विजयी गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा ५ गोल भएको थियो । खेलको ५२ औं मिनेटमा जर्जिनिओ विज्नाल्डमले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाए । ५८ औं मिनेटमा वेट वेघोर्स्टले गोल गर्दै अग्रता दोब्बर पारे ।
७५ औं मिनेटमा एन्ड्री यर्मोलेन्को र ७९ औं मिनेटमा रोमन यारेमचुकले गोल गरेपछि युक्रेनले खेल बराबरी गर्यो । तर डेन्जलले ८५ औं मिनेटमा निर्णायक गोल गर्दै डच टोलीलाई ३ अंक दिलाए ।
Featured News
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments