Byroad News

Loading...

कोपा अमेरिका फुटबलमा ब्राजिलको शानदार सुरुवात


कोपा अमेरिका फुटबलमा ब्राजिलको शानदार सुरुवात

काठमाडौं/३१ जेठ 
आयोजक ब्राजिलले ४७औं संस्करणको कोपा अमेरिका फुटबलमा शानदार सुरुवात गरेको छ । गएराति भएको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३-० ले पराजित गरेको हो ।

ब्राजिलका लागि मार्क्विनहोस, नेमार र गाब्रिएल बार्बोसाले गोल गरे ।

ब्रासिलियामा भएको खेलको २३औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको ब्राजिलले दोस्रो हाफमा दुई गोल थप्‍यो ।

६४औं मिनेटमा नेमारले पेनाल्टीमार्फत गोल गरे । ८९ औं मिनेटमा बारबोसाले गोल गरेपछि ब्राजिलले सहज जित हात पारेको हो ।

जितपछि ब्राजिलले समूह बी मा ३ अंक जोडेको छ ।

Comments

KATHMANDU WEATHER