काठमाडौं/३१ जेठ
फिफा विश्वकप २०२२/एएफसी एसियन कप छनोटको दोस्रो चरणको बाँकी ३ खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टिम स्वेदश फर्किएको छ ।
समूह बी मा रहेको नेपालले अन्तिम तीन खेल कुवेतमा खेलेर आइतबार राती स्वदेश फर्किएको हो ।
२३ खेलडीसहित नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेको हो । छनोट अन्तर्गत कुवेतमा नेपालले चाईनिज ताईपेई, जोर्डन र अष्ट्रेलियासंग खेलेको थियो । पहिलो खेलमा चाईनिज ताईपेलाई २–० ले पराजित गरेको नेपाल जोर्डन र अष्ट्रेलियासंग समान ३–० ले पराजित भएको थियो ।
त्यसअघि इराकसंग नेपालले मैत्रीपूर्ण खेल खेलेको थियो । यस पटक नेपाली टिममा ६ नयाँ खेलाडी रहेकोमा ५ खेलाडीले डेब्यु गरे । इराक विरुद्ध मनिष डाँगी र गौतम श्रेष्ठले डेब्यु गरेका थिए भने अष्ट्रेलिया विरुद्ध आयुष घलान, सुरजज्यु ठकुरी र कमल थापाले डेब्यु गरेका थिए ।
विश्वकप/एसियन कप छनोटको समूह बी नेपालले कूल ८ खेल खेल्दा दुई जितबाट ६ अंक जोडेको थियो । विश्वकप छनोटबाट बाहिरिसकेको नेपालले एसियन कप छनोटको तेस्रो चरणमा पुग्न अब प्लेअफ खेल्नुपर्नेछ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments