काठमाडौं/३० जेठ
युरोकपअन्तर्गत गए रातीको पहिलो खेलमा वेल्स र स्विट्जरल्याण्डले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
अजरवैजानको बाकु ओलम्पिक स्टेडियममा सकिएको खेलमा दुवै टिमले दोस्रो हाफमा गोल गरेका थिए ।
खेलको ४९ औं मिनेटमा ब्रिल एम्बोलोले गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । एम्बोलेले जेर्दान शाकिरीको कर्नरमा हेडरमार्फत गोल गरेका थिए । त्यसअघि एम्बोलोकै प्रहार वेल्सका गोलकिपर डानी वार्डले उच्कृष्ट बचाउ गरेका थिए ।
तर ७४ औं मिनेटमा किएफर मुरले वेल्सका लागि बराबरी गोल फर्काए । उनले जोए मोरेलको पासमा गोल गरे ।
८६ औं मिनेटमा स्विट्जरल्याण्डका वैकल्पिक खेलाडी मारियो गाभ्रानोभिकले गोल गरेपनि भिएआरको सहायतामा रेफ्रीले अफसाइड दिएको थियो ।
बराबरीपछि समूह एमा दुवै टिमले समान १ अंक जोडेका छन् । यसअघि पहिलो खेलमा इटलीले टर्कीलाई ३-० ले पराजित गरेको थियो ।
अब वेल्सले टर्की र स्विट्जरल्याण्डले टर्कीसंग खेल्नेछ ।
साभार: अनलाइन खबर
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments