Byroad News

Loading...

कोपा अमेरिकाका लागि अर्जेन्टिनी टोलीको घोषणा


कोपा अमेरिकाका लागि अर्जेन्टिनी टोलीको घोषणा

रियो दे जेनेरियो- आसन्न दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाका लागि अर्जेन्टिनी राष्ट्रिय टोलीको घोषणा गरिएको छ।

२६ सदस्यीय टोलीमा लियोनल मेस्सी, सर्जियो एगुएरो, एन्जेल डी मारिया लगायत खेलाडी छन्। टोलीको अग्रपंक्तिका लागि मेस्सी र एगुएरोबाहेक लाउतारो मार्टिनेज, जोवाक्विन कोरिया र लुकास अलारियो छन्। मार्टिनेजले इन्टर मिलान, कोरियाले लाजियो र अलारियोले बायर लेभरकुसेनका लागि खेल्छन्।

मिडफिल्डरहरुमा डी मारियासहित पेरिस सेन्ट जर्मन-पीएसजीका लियान्द्रो परेडेस, बेटिसका गुइडो रोड्रिगुएज, टोट्टनहामका जियोभानी लो सेल्सो, बायर लेभरकुसेनका एक्सक्वेल पालासियोस, स्टुटगार्टका निकोलास गोन्जालेज, युडिनेजीका रोड्रिगो डे पल, सेभिल्लाका अलेजान्द्रो गोमेज, एट्लेटिको म्याड्रिडका एन्जेल कोरिया र बोलोग्नाका निकोलास डोमिनगुएज रहेका छन्।

डिफेन्डरहरुमा रिभरका गोन्जालो मोन्टिएल, बेनेफिकाका निकोलास ओटामेन्डी, फियोरेन्टिनाका जर्मन पाज्जेला  र लुकास मार्टिनेज क्वार्टा, आयाक्सका निकोलास टाग्लियाफिको र लिसान्द्रो मार्टिनेज, सेभियाका मार्कस एक्युना, एटालान्टाका क्रिस्टियन रोमेरो र युडिनेजीका नाहुएल मोलिना लुसेरो छन्। छनोट भएका चार जना गोलकिपरमा रिभरका फ्रान्को अर्मानी, एस्टन भिल्लाका एलियानोव मार्टिनेज, पोर्टोका अगस्टिन मार्चेसिन र युडिनेजीका हुँवा मुस्सो छन्।

अर्जेन्टिनाले पहिलो चरणमा चिली, उरुग्वे, पाराग्वे र बोलिभियासँग खेल्ने छ। पहिलो खेलमा सोमबार चिलीसँग खेल्ने छ। लियोनल मेस्सीले हालसम्म अर्जेन्टिनाको सिनियर टोलीबाट उपाधि जित्न सकेका छैनन्।

Comments

KATHMANDU WEATHER