Byroad News

Loading...

भीमफेदी-कुलेखानी सुरुङको औचित्य छैन - माओवादी केन्द्र


भीमफेदी-कुलेखानी सुरुङको औचित्य छैन - माओवादी केन्द्र

हेटौंडा/२५ जेठ 
नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभा दलले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको कुनै औचित्य नरहेको जनाएको छ । 

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयको पत्र दिँदै माओवादी बागमती संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेशको आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा प्रदेशको गौरवको आयोजनाको रुपमा लिइएको भीमफेदी-कुलेखानी सुरुङलाई समावेश नगर्न सरकारलाई सुझाव दिनु भएको हो ।

८ पन्ने सुझाव पत्रमा सुरुङमार्ग सहित विद्युत्तीय बस पनि आवश्यक नरहेको बताइको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त सरकार हुँदा यो योजना ल्याइएको थियो । तत्कालिन माओवादी केन्द्रका नेता स्वर्गीय पोष्टबहादुर बोगटीको नामबाट नामकरण गरिएको सुरुङमार्ग योजनालाई प्रदेश सरकारले सबैभन्दा महत्वपूर्ण योजनाको रुपमा लिँदै आएको छ । सुरुङमार्ग निर्माण स्थलको माटो परिक्षण, डीपीआर निर्माण लगाएतको विषयमा सरकारले लाखौं रुपियाँ खर्च गरिसकेको छ ।
सुझावमा भनिएको छ ‘सुरुङ मार्गको क्षेत्र कानुनी हिसाबले निजी क्षेत्रले लिएको र उपादिएताको हिसाबले निजगढ–काठमाडौं द्रुतमार्ग यसै क्षेत्र नजिकबाट जाने भएको कारण सुरुङमार्गको औचित्य नदेखिएकोले यो योजनालाई प्रदेश सरकारले छोड्नु पर्दछ ।"

Comments

KATHMANDU WEATHER