Byroad News

Loading...

सात महिनाको तलब कोरोना कोषमा जम्मा गरेको नेता ईश्वर पोखरेलद्वारा जानकारी


सात महिनाको तलब कोरोना कोषमा जम्मा गरेको नेता ईश्वर पोखरेलद्वारा जानकारी

काठमाडौं/२३ जेठ 
निवर्तमान उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले आफू मन्त्री पदमा रहँदाको अवधिभर आफ्नो सात महिनाको तलब कोरोना कोषलाई बुझाएको सामाजिक संजालमार्फत जानकारी दिनुभएको छ ।

मन्त्रिपरिषद् पुनर्गठन पछि पदमुक्त हुनु भएका पोखरेलले आफूले पदमा बहाल रहँदा कोरोना भाइरस (कोभिड १९) महामारी रोकथाम, नियन्त्रण र कोभिड सङ्क्रमितहरूको उपचारका लागि आफ्नो सात महिनाको साढे चार लाख रुपियाँ कोरोना कोषलाई बुझाएको जानकारी दिनु भएको हो ।

यस्तै उहाँले मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्बन्धित ठाउँमा बुझाइसकेको जानकारी दिनु हुँदै यस अवधिमा आफ्नो पार्टीको कोषमा ६ लाख ५ हजार बुझाएको समेत जानकारी दिनु भएको छ ।

उहाँले पुलचोकस्थित मन्त्री क्वार्टर २२ गते नै खाली गरिसकेको बताउनु भएको छ । पोखरेलले २०७४ फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म दुई वर्ष ७ महिना १४ दिन नेपाल सरकारको रक्षा मन्त्री र तत्पश्चात् २०७८ जेठ २१ गतेसम्म ७ महिना २३ दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मेवारी पाउनु भएको थियो ।

Comments

KATHMANDU WEATHER