काठमाडौं/२० जेठ
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको दाबीसहित बेलायतका सञ्चारमाध्यमहरुले समाचार प्रकाशित गरेपछि नेपालले बेलायत सरकारसँग इमेलमार्फत जानकारी माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विहान मात्रै बेलायत सरकारसँग भएको जानकारी पठाउन त्यहाँको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई पत्र पठाएको बताउनु भयो । पौडेलले बेलायतमा प्रकाशित समाचारमा उल्लेख गरिए अनुसारका भाइरसका विषयमा नेपाललाई कुनै जानकारी छैन । नेपालमा सार्स—कोभ—२ को नयाँ भेरियन्ट फेला परेको जानकारी नभएको बताउनु हुँदै पौडेलले विश्व स्वास्थ्य संगठनले पनि नेपालमा नयाँ भाइरसबारे पुष्टि नभएको जनाएको छ ।
नेपालबाट बेलायत फर्किएकाहरुमा पनि डेल्टा भेरियन्ट मात्र भेटिएको थियो । नेपालमा कुन भेरियन्ट फैलिएको भन्नेबारे नियमित अध्ययन भइरहेको डा. पौडेलले जानकारी दिनुभयो ।
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments