Byroad News

Loading...

सांसद कृष्ण थापाको पद गयो


सांसद कृष्ण थापाको पद गयो

पोखरा/२० जेठ

गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापाको पद गएको छ ।  उहाँलाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले २० जेठमा नै प्रदेशसभा सचिवालयमा गराएको थियो ।

सभामुख नेत्रनाथ अधिकारीले २० जेठमै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उहाँको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताउनु भयो ।

थापालाई जनमोर्चाले साधारण सदस्य पनि नरहने गरी यसअघि नै निलम्बन गरेको थियो । थापाले पार्टी नीति विपरीत सरकारलाई साथ दिने बताएपछि सांसद पदबाटै निष्कासन गर्न प्रदेशसभालाई जानकारी गराएको जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।

६० सदस्यीय गण्डकी प्रदेशसभा थापा पदमुक्त भएपछि ५९ सदस्यीय भएको छ । प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेकामा अब २ जनामात्र रहने भएका छन् । राष्ट्रिय जनमोर्चाले नेकपा एमालेबाहेकको दलको सरकारमा बनाउने निर्णय गरे पनि थापाले विपक्षी गठबन्धनलाई साथ नदिने सार्वजनिक रुपमा नै बताएका थिए ।

Comments

KATHMANDU WEATHER