काठमाडौं । १८ जेठ,
सरकारले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न १८ जेठमा सूचना जारी गर्दै अस्पतालहरुलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले एक सूचना जारी गर्नु हुँदै बिरामीको उपचारवापत लाग्ने रकमको विस्तृत विवरण ७ दिनभित्र सार्वजननिक गर्न सबै प्रकारका अस्पतालहरुलाई निर्देशन दिएको हो ।
कोरोना महामारीमा बिरामीको उपचार, अक्सिजनमा समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाएको, उपचारका लागि चाहिने सामान बिरामीलाई किन्न लगाएको तथा आवश्यकभन्दा बढी औषधि किन्न लगाएको गुनासो आएको जनाउदै मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र त्यसको लागत रकम शीर्षकसमेत उल्लेख भएको मूल्यसूची सञ्चालक समितिबाट निर्णय गराइ वेबसाइट वा सूचना पाटीमा सार्वजनिक गर्न भनिएको छ । त्यस्तै उक्त मूल्यसूचीको विवरण स्वास्थ्य संस्था सञ्चालनको इजाजत दिने निकायमा पनि पठाउन भनिएको छ ।
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments