Byroad News

Loading...

थाहानगरमा आइतबारसम्म पुग्यो संक्रमितको संख्या ५३६


थाहानगरमा आइतबारसम्म पुग्यो संक्रमितको संख्या ५३६


बाइरोड न्यूज/थाहानगर/१६ जेठ 
           मकवानपुरको थाहा नगरपालिकामा कोभिडको दोस्रो भेरियन्ट पछि आइतबारसम्म मात्र ५ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ ।
           आइतबार ४१ जनाको एन्टिजेन परिक्षण गरिएकोमा २२ जनामा संक्रमण देखिएको हो । यसैगरी ३८ जनाको पिसिआर परिक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । यो संक्रमण दर करिव ४० प्रतिशत हो ।
           आइतबारसम्म ५५ जना निको भई सामान्य अवस्थामा फर्किसकेका छन् । ६ जनाको मृत्यु भएको छभने १७ जनाको नगर बाहिरका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । ८ जना बज्रबाराही आइसोलेसनमा छन् । अन्य ४ सय ५० जना होम आइसोलेसनमा छन् । 
           वडा नम्बर १ मा कुल ८१ जना संक्रमितमध्ये १३ जना निको भैसकेका छन् । २ मा ४६ जना संक्रमितमध्ये २ जना, ३ मा ९९ जना संक्रमितमध्ये १८ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । यसैगरि, थाहा ४ मा कूल ४५ जना संक्रमितमध्ये ४ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । ५ नम्बरमा १२ जना संक्रमित भएकोमा १ जनाको मृत्यु, ६ मा ८९ जनामा पोजेटिभ देखिएकोमा १३ जना निको भएका छनभने १ जनाको मृत्यु भएको छ । ७ मा ४६ र ८ मा ५९ जना संक्रमित छन् । ९ नम्बरमा १३ जना संक्रमित भएकोमा १ जना निको भएका छन् । १० नम्बरमा ८ संक्रमितमध्ये २ निको, ११ मा २६ संक्रमितमध्ये २ निको र १२ मा ९ जनामा संक्रमण छ ।

Comments

KATHMANDU WEATHER