Byroad News

Loading...

साउनदेखि अवैध मोबाइल नचल्ने

सरकारले आगामी साउनदेखि एमडीएमएस सञ्चालनमा ल्याउने

साउनदेखि अवैध मोबाइल नचल्ने

काठमाडौं/१६ जेठ

सरकारले आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यससम्बन्धी जानकारी दिएका हुन् ।

एमडीएमएस सन्चालनमा आइसकेपछि अवैध रुपमा भित्रिएका मोबाइल नियन्त्रण गर्न हुने विश्वास सरकारकाे छ । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन करिब ५ वर्षदेखि इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ ।

Comments

KATHMANDU WEATHER