थाहानगर/१२ मंसिर
नेकपा एमालेको पार्टी जागरण अन्तर्गत थाहा नगर कमिटीले मंसिर १२ गतेदेखि वडा अधिवेशन थालेको छ ।
मंसिर १२ गते शनिबार थाहा नगरपालिका वडा नम्बर १ को अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा अन्जय प्रधानलाई सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा सारिका प्रधान, सचिवमा बिनोद गोपाली, उपसचिव किश्वर थोकर र सुवर्ण बलामीलाई सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनले सदस्यहरुमा मनोज बलामी, हरि बलामी, गजेन्द्र गोपाली, अशोक गोपाली, सुदर्शन प्रधान, भरतमान श्रेष्ठ, सन्तलाल गोपाली र नहकुल थोकरलाई चयन गरेको छ ।
वडा ईञ्चार्ज धर्मलाल प्रधानको अध्यक्षता एवम् नगर अध्यक्ष सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा पार्टी नगर उपाध्यक्ष हेम थिङ, जन संगठन ईञ्चार्ज प्रदिप प्रधान, अध्यक्ष अन्जय प्रधान, सुवर्ण गोपाली लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।
वडा अधिवेशनको कै क्रममा मंसिर १३ गते वडा नम्बर २ को, १४ गते ३ को, १५ गते ४ को, १६ गते ५ को हुनेछ । यसैगरी मंसिर १७ गते वडा नम्बर ६ को, १८ गते ७ को, १९ गते ८ र १२ को, २० गते ९ को, २१ गते १० को, २२ गते ११ को अधिवेशन हुनेछ ।
-
3 weeks agoथाहा एमाले जुट्यो ‘जागरण अभियान’मा
-
-
5 years agoआजको तरकारी बजार भाउ

Comments