हेटौंडा/२८ जेठ
मकवानपुरमा विद्यालय शिक्षा परीक्षा (एसईई) को नतिजामा उत्कृष्ट भएका विद्यालयहरुलाई शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले सम्मान गरेको छ ।
बुधबार हेटौंडाको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीको सभाहलमा इकाइले सम्मान गरेको हो ।
कार्यक्रममा जिल्लामै उत्कृष्ट हुन सफल संस्थागत तथा सामुदायिक विद्यालयहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने विद्यालयहरुमा बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, तुलसीमेहर मेमोरियल आवासीय मावि, पालुङ इङ्लिस आवासीय मावि, पालुङ मोर्डन इंग्लिस मिडियम स्कुल, पालुङ भ्याली हर्ट एकेडेमी, ज्ञानोदय बालबाटिका, ज्ञानदीप शिक्षा निकेतन मावि, ब्रह्मदिक् एकेडेमी, नवोदय शिशु सदन, फेमकल एकेडेमी, ज्ञानोदय बालबाटिका आवासीय मावि, आधुनिक राष्ट्रिय माबि, बालज्योति मावि र सरस्वती बालबोधनी मावि र जनप्रिय माविलाई इकाईले सम्मान गरिएको थियो ।
जिल्लामा सबैभन्दा धेरै उपमहानगरपालिकामा ३ हजार २ सय २१ विद्यार्थी परीक्षामा सहभागी भएकामा ६४.६४ प्रतिशत परिक्षार्थीहरु उत्तिर्ण भएको जानकारी दिनुभयो । सबैभन्दा कम राक्सिराङ गाउँपालिकामा ११.३६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । यस वर्ष राक्सिराङका ३ वटा र भीमफेदी गाँउपालिकाका एउटा विद्यालयले नतिजा शून्य आएको थियो । यस वर्ष ६ वटा विद्यालयहरुले शतप्रतिशत नतिजा प्राप्त गरेका छन् ।
यसैगरी कार्यक्रममा बालजागृती इङ्लीस सेकेन्डरी स्कुलका प्रिन्सिपल बिनोद सुवेदी, सरस्वती बालबोधनी माविका प्रधानाध्यापक रामशरण दाहाल र जनप्रिय माविका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले आफ्ना विद्यालयले शैक्षिक गुणस्तर सुधार तथा नतिजा सुधारका लागि गरिरहेका गतिविधि र असल अभ्यासबारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला शिक्षा समितिका अध्यक्ष ललित घलान, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा कार्यालयका प्रमुख बद्री बहादुर पाठक, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरी, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका निमित्त प्रमुख हरिचन्द्र सापकोटा, मनहरी गाँउपालिका स्रोत शिक्षक बिदुर थापा लगायत जिल्लाका अधिकांश माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता थियो ।
कार्यक्रमको अवसरमा उत्कृष्ट हुन सफल विद्यालयहरुले कमजोर विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले मकवानपुरका न्युन नतिजा प्राप्त गर्ने विद्यालयरुसँग समन्वय गर्दै शुन्य नतिजा ल्याउने विद्यालयको संख्या शुन्य बनाउने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा जिल्लामा शुन्य तथा न्युन नतिजा आएका विद्यालयहरुलाई नतिजा तथा गुणस्तर सुधारका लागि आफूहरु समन्वय गर्न तयार रहेको बालज्योति मावि, जनप्रिय मावि, आधुनिक राष्ट्रिय मावि, भुटनदेवी मावि, सिद्धार्थ मावि र बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले सामुहिक रुपमा प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रम इकाइका शाखा अधिकृत संगीता घलेले सञ्चालन गर्नु भएको थियो ।
-
10 hours agoपालुङ प्रहरी निरीक्षक बज्राचार्यको सरुवा
-
-
4 years agoआजको तरकारी बजार भाउ

Comments