थाहानगर/६ कात्तिक
थाहा नगरपालिका ६ मकवानपुर घर भई हाल इजरायल रहनु भएका सशिन कर्माचार्यले आफ्नो जन्मदिनको अवसरमा बाढी पीडितहरुलाई नगद राहत वितरण गर्नु भएको छ ।दाता: सशिन कर्माचार्य
गत असोज २७ गते परेको जन्मदिनको अवसरमा पठाउनु भएको २५ हजार रुपियाँ कात्तिक ६ गते इन्द्रसरोवर ककराका ५ जना बाढी पीडितलाई जनही ५/५ हजार रुपियाँ वितरण गर्नु भएको हो ।
नेकपा एमाले थाहा नगर कमिटी मार्फत पठाउनु भएको सो रकम इन्द्रसरोवर ३ का वडाध्यक्ष प्रताप भोम्जनले वितरण गर्नु भएको हो ।
गत असोज ११ र १२ गते आएको बाढी पहिरोबाट पीडित भएका रामकुमार वाइबा, प्रेमबहादुर मुक्तान, जुल्फी मुक्तान, फुलबहादुर भ्लोन र जयबहादुर मुक्तानलाई नगद सहयोग गरिएको हो ।
कर्माचार्य नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ थाहा नगरका अध्यक्ष र हाल नेकपा एमाले प्रवासी नेपाली मञ्च इजरायलका संगठित सदस्य हुनुहुन्छ ।
इजरायलमा बसेर पनि नेपालीको दु:खमा साथ दिनु भएकोमा वडाध्यक्ष भोम्जनले कर्माचार्यलाई धन्यवाद दिनुभयो ।
यता एमाले थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधानले पनि कर्माचार्यलाई धन्यवाद दिदै देश बाहिर रहेर पनि पार्टी अभियानमा सहकार्य गर्नु भएको बताउनु भएको छ ।
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments