Byroad News

Loading...

विदेशमा अध्ययनका लागि छिटोछरितो गर्दै ग्लोवल


विदेशमा अध्ययनका लागि छिटोछरितो गर्दै ग्लोवल

थाहानगर/१४ असोज

अहिले युवा पुस्तामा वैदेशिक रोजगारीका लागि मात्र होइन पढ्न कै बहानामा पनि विदेशिनेको लर्को छ । 

काठमाडौं, हेटौंडालगायत देशका मुख्य शहरहरुमा भाषा अध्यापन गराई भिषाको सबै काम गरिदिने कन्सल्टेन्सीहरु थुप्रै छन् । त्यही कन्सल्टेन्सीको भीडमा छिटोछरितो सेवा प्रवाह गर्न थालेको कन्सलटेन्सी हो ग्लोवल इन्स्टिच्युट कन्सल्टेन्सी । 

गत जेठ २० गतेदेखि काठमाडौंको बानेश्वरबाट कार्य प्रारम्भ गरेको ग्लोवलले पछिल्लो समय कलङ्की, मकवानपुरको थाहा नगर र हेटौंडाबाट सेवा विस्तार गरेको छ ।

अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, दक्षिण कोरिया, फिनल्यान्ड, जापानलगायत ३९ भन्दा बढी देशहरुमा पढ्नका लागि भिषालगायत सेवा दिइदै आएको ग्लोवलमा हाल विद्यार्थीको चाप बढ्न थालेको कार्यकारी निर्देशक जीवन कुमार बस्नेतले बताउनु भयो । "हामीले हतारमा रहेका विद्यार्थीहरुलाई नि:शुल्क अनलाइन कक्षा समेत सञ्चालन गरिरहेका छौँ ।" बस्नेतले बताउनुभयो, "हामीले बजारको मागलाई ध्यानमा राखी छिटोछरितो सेवालाई प्राथमिकता दिइरहेका छौँ । ४-५ लाखदेखि ३०-३५ लाख रुपियाँसम्म लगानी गएर विदेश पढ्न गएका युवाहरुलाई स्वदेशमा फर्किएर यहाँ स्थापित हुने वातावरण बनाउने तर्फ पनि हाम्रो ध्यान केन्द्रीत छ ।" 

"ग्लोवलमा जोडिए पछि विद्यार्थीहरुले ढुक्कसँग पढ्ने मात्र गरे पुग्छ, बाकी सबै काम हामी गर्छौं" बस्नेतले भन्नुभयो, "थाहा नगरका विद्यार्थीलाई सहज सेवाका लागि हामी आएका हौँ ।" 

ग्लोवलले हाल पीटीए १ महिने, आइईएलटीएस (IELTS) डेढ महिने, ५ महिने कोरियन र जापनीज ६ महिने कोर्स सर्वसुलभ सञ्चालन गर्दै आएको छ ।

Comments

KATHMANDU WEATHER