Byroad News

Loading...

एमाले थाहा-काठमाडौं सम्पर्क मञ्चमा पार्टी सदस्यता अनिवार्य


एमाले थाहा-काठमाडौं सम्पर्क मञ्चमा पार्टी सदस्यता अनिवार्य

काठमाडौं/१ भदौ

नेकपा एमाले थाहा-काठमाडौं सम्पर्क मञ्चले आफ्ना सदस्यहरुलाई पार्टी सदस्यता अनिवार्य गर्ने निर्णय गरेको छ ।

भदौ १ गते कलङ्कीमा बसेको सम्पर्क मञ्चको बैठकले थाहा-काठमाडौं सम्पर्क मञ्चका पार्टी सदस्यता लिन बाकी सबै सदस्यहरुलाई अनिवार्य पार्टी सदस्यता लिन निर्देशन दिएको छ ।

सम्पर्क मञ्चका अध्यक्ष विजय विक्रम श्रेष्ठको अध्यक्षता तथा एमाले थाहा नगर सचिवालय सदस्य एवम् सम्पर्क मञ्च ईञ्चार्ज जीवन कुमार बस्नेतको प्रमुख आतिथ्यतामा बसेको बैठकले रिक्त रहेका सदस्यहरुलाई भदौ ८ गतेसम्म पूर्णता दिने समेत निर्णय गरेको छ । मञ्चले थाहा नगर भूगोल रहि काठमाडौं बसोबास गर्दै आएका सबैलाई समेटेर कार्यक्रमहरु सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

Comments

KATHMANDU WEATHER