काठमाडौं/१९ साउन
नेकपा एमालेको थाहा-काठमाडौं सम्पर्क मञ्चले नयाँ नेतृत्व चयन गरेको छ ।
काठमाडौमा भएको मञ्चको दोस्रो सम्मेलनले विजय विक्रम श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा सजिन कार्की, महिला उपाध्यक्षमा मुना बस्नेत, सचिबमा रविन्द्र कार्की, उपसचिवमा गोबिन्द्र गोपाली, उपसचिव महिलामा सुनिता बलामी, कोषाध्यक्षमा रामकृष्ण बस्नेत, सदस्यहरू रविन ठकुरी, बिनायक केसी, बिनोदकुमार गोपाली, रबिन धमलालगायत छन् ।
सम्मेलनका प्रमुख अतिथि नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले थाहानगरको विकासमा आफू प्रतिबद्ध रहेको बताए । एमाले केन्द्रीय सदस्यसमेत रहेका बर्तौलाले थानकोट-चित्लाङ सडकको विषयमा भने, ‘निर्वाचनमा घर दैलो गर्दा थाहाको जनताको एउटै माग थियो, "थानकोट-चित्लाङ सडक । म निर्वाचित भएयता थप सुदृढिकरण भइसकेको छ । गएको आर्थिक वर्षमा ८ करोडको बहुवर्षीय ठेक्का लगाएका छौँ । अहिले पनि ४ करोड ३६ लाख बजेट छुट्टिएको छ । म यसलाई पनि बहुवर्षीय ठेक्का लगाउन पहल गर्छु र मेरो कार्यकालमा यो सडकको कालोपत्रे पूर्ण रुपमै टुंगाएरै छोड्छु ।"
कार्यक्रमलाई सम्बोधन गर्दै सविधानसभा सदस्य सुवास ठकुरीले चन्द्रागिरि सडक निर्माण भइसकेको हुँदा अब जसरी पनि कालोपत्रे सम्पन्न गरिसक्ने प्रतिबद्धता ब्यक्त गरे ।
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments