थाहानगर/४ असार
नेपाल राष्ट्रिय शिक्षक संगठनले थाहा नगरपालिकाको आगामी वर्षको वजेटमा शिक्षकहरुको क्षमता अभिवृद्धि कार्यक्रमहरु समावेश गर्न माग गरेको छ ।
संगठन थाहा नगर समितिका अध्यक्ष मनोज लामिछाने नेतृत्वको टोलीले नगर प्रमुख बिष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली र प्रमुख कार्यकारी अधिकृत कृष्ण गिरीलाई माग पत्र बुझाएको हो ।
मागपत्रमा विषयगत शिक्षक तालिम र नगरस्तरीय मैत्रीपूर्ण शिक्षक भलिवल कार्यक्रमलाई नीति तथा कार्यक्रम मै समावेश गर्न उल्लेख छ ।
माग पत्र बुझाउन संगठनका अध्यक्ष लामिछाने, निवर्तमान अध्यक्ष रुपचन्द्र गोपाली, सचिव सचिन कुमार बल, सदस्य जगन्नाथ अधिकारी पुग्नु भएको थियो ।
माग पत्र बुझ्दै नगर प्रमुख विष्टले सकारात्मक प्रतिवद्वता व्यक्त गर्नु भएको अध्यक्ष लामिछानेले बताउनु भयो ।
Featured News
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments