थाहानगर/३० जेठ
नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको अध्यक्ष पदमा तीन जनाको उमेदवारी पर्ने भएको छ ।
रुपचन्द्र गोपाली
१ असारमा सुनौला सिकाइ केन्द्रको हलमा हुने तेस्रो नगर अधिवेशनमा तीन जनाको उमेदवारी पर्ने संकेत देखिएको छ ।
मनोज लामिछाने
अध्यक्ष पदमा रुपचन्द्र गोपाली, मनोज लामिछाने र कृष्णप्रसाद लामिछानेले उमेदवारी दिने देखिएको छ ।
कृष्णप्रसाद लामिछाने
गोपाली वर्तमान अध्यक्ष, मनोज लामिछाने उपाध्यक्ष र कृष्णप्रसाद लामिछाने सचिव हुनुहुन्छ ।
वर्तमान अध्यक्ष गोपालीले सर्वसम्मत रुपले नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभयो । बाइरोडसंग कुरा गर्दै अध्यक्ष पदमा उमेदवारी घोषणा गर्नु भएका मनोज लामिछाने पनि सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने धारणामा हुनुहुन्छ ।
अधिवेशनको प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले उद्घाटन गर्ने कार्यक्रम छ ।
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments