थाहानगर/११ जेठ
नेकपा एमाले थाहा नगर कमिटीको टोल कमिटी पुर्न गठन अभियान अन्तर्गत थाहा ४ किटेनी टोल कमिटी गठन गरेको छ ।
जेठ ११ गते किटेनीमा भएको भेलाले सुकदेव सुकदेव केसीको अध्यक्षतामा ९ सदस्यीय टोल कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा शरण कुमार घले, सचिवमा अप्सरा केसी थापा, उपसचिवमा कालिचरण अधिकारी चुनिनु भएको छ ।
यसैगरी, कमिटीको सदस्यहरुमा दुर्गा केसी, गङ्गा घले, रामकृष्ण अधिकारी, मनराजा केसी र अभिषेक केसी चुनिनु भएको छ ।
भेलामा नगर कमिटी सदस्यहरु अच्युत केसी, रामराजा केसी, नेपाल उत्पीडित जातिय मुक्ति समाज थाहानगर कमिटी अध्यक्ष अशोक खाती, वडा कमिटी अध्यक्ष नारायण बल, उपाध्यक्ष ज्ञानेन्द्र अधिकारी, सचिव चम्फु सिं बललगायतको आतिथ्यता थियो ।
Featured News
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments