थाहानगर/१० जेठ
नेकपा एमालेको टोल कमिटी पुर्न गठन अभियान अन्तर्गत थाहा नगरपालिका वडा नम्बर ४ फापरबारी टोल कमिटी पुर्न गठन भएको छ ।
वडा कमिटी अध्यक्ष नारायण बलको अध्यक्षता तथा नगर कमिटी सचिवालय सदस्य एवम् ४ नम्बर वडा ईञ्चार्ज जितबहादुर थोकरको प्रमुख आतिथ्यतामा भएको भेलाले ९ सदस्यीय टोल कमिटी पुर्न गठन गरेको हो ।
टोल कमिटीको अध्यक्षमा रामकुमार गोले, उपाध्यक्ष सन्तविर बल, सचिव समीर गोले, उपसचिव सम्झना गोले, सदस्यहरुमा सबिना रुम्बा, सुमिना गोले, सबिना बल, कबिता गोले र अञ्जु गोले रहनु भएको वडा कमिटी उपाध्यक्ष ज्ञानेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments