थाहानगर/६ जेठ
नेकपा एमाले थाहा नगर कमिटीको टोल कमिटी पुर्न गठन अभियानअन्तर्गत थाहा १२ मा विभिन्न टोल कमिटीहरु पुर्न गठन भएको छ ।
जेठ ५ गते भएको भेलाले चन्द्रबहादुर स्याङ्तानको अध्यक्षतामा वसन्त, थासाटोल, गुरुङ गाउँ टोल कमिटी पुर्न गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा बिष्णुकुमार स्याङ्तान, सचिवमा सुकमान स्याङ्तान चुनिनु भएको छ ।
कमिटीको सदस्यहरुमा मुइसङ्ग गोले, चन्द्रबहादुर स्याङ्तान, जोकर तामाङ, कप्तन स्याङ्तान, जित बहादुर स्याङ्तान र सुकमान स्याङ्तान चुनिनु भएको छ ।
यसैगरी, तारुका, गैरीगाउ, सलमपुर टोल कमिटीको अध्यक्षमा सानुकान्छा थिङ चुनिनु भएको छ ।
उपाध्यक्ष छोटे वाइबा, सचिव दिपमाया स्याङ्तान, सदस्यहरु बिनोद लामा, दिनेश बल, रमेश जिम्बा र बुद्धिमान थिङ चुनिनु भएको छ ।
यसअघि, थाहा १२ मा दोभान, घलेगाउ, आलामपुर, मानेडाडा टोल कमिटीहरु गठन भइसकेको वडा कमिटी अध्यक्ष राजकुमार मुक्तानले जानकारी दिनुभयो ।
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments