थाहानगर/२९ वैशाख
नेकपा एमाले निकट अखिल नेपाल महिला संघले ६ महिनाभित्र नगर अधिवेशन गर्ने भएको छ । अधिवेशनका लागि २९ वैशाखमा भएको नगर भेलाले यशोदा अधिकारीको संयोजकत्वमा २९ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।
कमिटीको सचिवमा जानकी श्रेष्ठ चुनिनु भएको छ ।
सदस्यहरुमा कल्पना लामिछाने, दुर्गा बिडारी, एस ढकाल, मेनका ढकाल, देवी बर्तौला, अनिता कार्की, रुपा केसी, गंगा घले, चरिमाया थिङ, शारदा कार्की, बालकुमारी गोपाली, लक्ष्मी मिजार, भगवती अर्याल, फुलमाया घलान, मनलक्ष्मी पाख्रीन, सानुमाया विक, निर्माला बस्नेत, पञ्चमाया बलामी, कल्पना गोपाली, रमिला गोले, सरिनामाया गोले, सुकुमाया स्याङ्तान र निशा दोङ चयन हुनु भएको छ ।
नगर उपाध्यक्ष रामप्यारी नापितको सभापतित्वमा भएको भेलामा अनेमसंघ बागमती प्रदेश सदस्य बिमला कार्कीको प्रमुख आतिथ्यता थियो । प्रमुख अतिथि कार्की, अनेमसंघ जिल्ला अध्यक्ष सुमित्रा काफ्ले, नेकपा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, जिल्ला पर्यटन विभाग सदस्य नवराज कार्की, नगर सदस्यहरु रामराजा केसी, गोमा कार्की, शान्ता रिमाल, उर्मिला बिक, बिमला पाख्रीनलगायतको आतिथ्यता थियो ।
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments