थाहानगर/२३ वैशाख
नेकपा एमाले थाहा नगर कमिटीले टोल अधिवेशन सुरु गरेको छ । नगर कमिटीको वैशाख १५ गतेको निर्णय अनुसार टोल अधिवेशनहरु सुरु गरिएको हो ।
२३ वैशाखमा थाहा नगरपालिका ३ गोपाली गाउँ र बाहुन गाउँ टोल कमिटीको अधिवेशन सम्पन्न भएको छ । गोपाली गाउँमा भएको टोल अधिवेशनले मदन कृष्ण गाेपालीलाई अध्यक्ष, दिलकाजी गाेपालीलाई उपाध्यक्ष, जानुका नगरकाेटीलाई सचिव, प्रकाश गाेपाली र मनाेज गाेपालीलाई उपसचिवमा सर्वसम्मत चयन गरेको छ ।
कमिटीको सदस्यहरुमा सुताराम सुनुवार, किरण गाेपाली, अजित गाेपाली, आकाश गाेपाली, बिष्णु भक्त गाेपाली र सन्तु लक्ष्मी गाेपालीलाई सर्वसम्मत चयन गरेको छ ।
यसैगरि, २३ वैशाख मै थाहा नगरपालिका वडा नम्बर ३ बाहुनगाउँमा प्रज्वल कार्कीको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा मेनुका बर्ताैला, सचिव मणिराज बर्ताैला, उप-सचिवद्वयमा संग्राम कार्की र अनिता कार्की (उप्रेती) चुनिनु भएको छ ।कमिटीको सदस्यहरुमा राजेश बर्ताैला, देवराज बर्ताैला, विष्णुहरी बर्ताैला, ललिता कार्की, अप्सरा कार्की, अविना बर्ताैला, अंजिता बर्ताैला र देवेन्द्र बर्ताैला चुनिनु भएको छ ।
अधिवेशनमा जिल्ला पर्यटन विभाग सदस्य नवराज कार्की, नगर कमिटी सचिव सुजन कुमार रायमाझी, नगर सदस्यहरु प्रेम गोपाली, लक्ष्मण बर्तौला, वडा कमिटी अध्यक्ष नवराज बर्तौलालगायतको आतिथ्यता थियो ।
यसैगरी, २४ वैशाखमा थाहा ३ डाँडागाउँ, स्यालखोरिया र २५ गते लामचौर, दम्की टोल अधिवेशन हुने ३ नम्बर वडा कमिटी अध्यक्ष नवराज बर्तौलाले जानकारी दिनुभयो ।
यसैगरी, वडा नम्बर २ अन्तर्गत साविक ४ र ५ मा ३० गते, ३ र ६ मा २९ गते, ८ र ९ मा २९ गते, ७ मा २८ गते अधिवेशन गर्ने २ नम्बर वडा कमिटी अध्यक्ष विष्णुहरि थापाले जानकारी दिनुभयो ।
यसैगरी, वडा नम्बर १२ अन्तर्गत लिति, आदामार टोलको २४ गते, जगडाडामा २४ गते, मेत्राङ, धुसेनी, झाप्रेमा २९ गते, दोभान, घलेगाउ, आलामपुर, मानेडाडामा २९ गते, गुरुङ गाउ, वसन्त, थासा टोल, वसन्त भञ्ज्याङमा जेठ ५ गते र सलामपुर, गैरीगाउ, तारुका- जेठ ५ गते अधिवेशन गर्ने निर्णय भएको १२ नम्बर वडा कमिटी अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिनुभयो ।
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments