Byroad News

Loading...

अनेम संघ थाहा ३ को अध्यक्षमा ज्ञानी विष्ट


अनेम संघ थाहा ३ को अध्यक्षमा ज्ञानी विष्ट

थाहानगर/२४ चैत्र

नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) थाहा नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा ज्ञानी विष्ट चुनिनु भएको छ । 

२४ चैत्रमा भएको वडा भेलाले विष्टको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटी पुर्नगठन गरेको हो ।

विमला विष्टको अध्यक्षता एवं अनेम संघ थाहा नगर अध्यक्ष सुमित्रा केसीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले उपाध्यक्षमा देवी बर्तौला, सचिव मिना नेगी चुनिनु भएको छ ।

सदस्यहरुमा मिना कुवर, अनिता कार्की उप्रेती, अन्जिता बर्तौला, सानुमाया तामाङ, पार्वती विष्ट र शुष्मा विष्ट चुनिनु भएको छ ।

अधिवेधनमा एमाले नगर कमिटी सदस्य राजाराम रायमाझी, जिल्ला पर्यटन विभाग सदस्य नवराज कार्की, पार्टी वडा कमिटी अध्यक्ष नवराज बर्तौला, वडा कमिटीका पूर्व अध्यक्ष केदार विष्ट, अनेम संघ जिल्ला कमिटी सदस्य राधिका कार्की, जिल्ला सल्लाहकार किशु रायमाझीलगायतको आतिथ्यता थियो ।

यस अघि वडा नम्बर १, २, ६ र १० मा वडा अधिवेशनहरु सम्पन्न भईसकेका छन् ।

Comments

KATHMANDU WEATHER