थाहानगर/९ चैत्र
नेकपा एमाले निकट अखिल नेपाल महिला संघको थाहा नगरपालिका ६ र १० नम्बर वडामा वडा कमिटी पुर्नगठन गरेको छ ।
अनेमसंघ नगर कमिटीले सञ्चालन गरेको वडा कमिटी पुर्नगठन अभियान अन्तर्गत ९ चैत्रमा यी दुई वडामा पुर्नगठन गरिएको नगर अध्यक्ष सुमित्रा केसीले बताउनु भयो ।
वडा नम्बर ६ मा नगर अध्यक्ष केसीको प्रमुख आतिथ्यतामा भएको भेलाले सृजना रोक्काको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी पुर्नगठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा बालकुमारी गोपाली, सचिवमा इन्द्रमाया गोपाली चयन हुनु भएको छ । कमिटीको सदस्यहरुमा रामदेवी गोपाली, नानु मिजार, पूर्णकुमारी श्रेष्ठ, बिन्दुमाया गोपाली, सीता मिजार, बच्चीमाया मिजार, सुमित्रा रुम्बा र बुद्धिमाया घलान चुनिनु भएको छ ।
यसैगरी ९ चैत्रमै थाहा १० मा कल्पना गोपालीको अध्यक्षतामा वडा कमिटी पुर्नगठन भएको छ । कमिटीको उपाध्यक्षमा जानुका बस्नेत, सचिव मनमती गोपाली चुनिनु भएको छ । कमिटीको सदस्यहरुमा भक्ती परियार, सन्जिला वाइबा, दुर्गा विष्ट, निशा बस्नेत, तेजलक्ष्मी गोपाली, पञ्चमाया गोपाली र गौरी विष्ट चुनिनु भएको छ ।
नव गठित कमिटीहरुले मासिक बैठक बसी आवश्यक प्रस्तावहरुमा छलफल गर्ने निर्णय समेत गरेको छ ।
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments