थाहानगर/८ चैत्र
नेकपा एमाले थाहा ९ नम्बर वडा कमिटीले जनवर्गीय संगठनहरु विस्तार गर्ने भएको छ ।
८ चैत्रमा भएको वडा कमिटी बैठकले थाहा ९ मा जनवर्गीय संगठनहरु विस्तार गर्ने निर्णय गरेको हो । वडा कमिटी अध्यक्ष रमेश बलामीको अध्यक्षता र जिल्ला कमिटी सदस्य एवम् थाहा नगर सह-ईञ्चार्ज शशीधर सुवेदीको प्रमुख आतिथ्यतामा भएको बैठकले प्रत्येक महिनाको अन्तिम बुधबार वडा कमिटीको बैठक बस्ने समेत निर्णय गरेको छ ।
बैठकमा एमाले थाहा नगरका नव निर्वाचित अध्यक्ष सुरेन्द्रमान प्रधान, सचिव सुजन रायमाझी, नगर कमिटी सदस्यहरु रामशरण नेपाल, रामकृष्ण कपाली, शशी कुमार लामालाई स्वागत तथा सम्मान गरिएको थियो ।
बैठकमा नगर अध्यक्ष प्रधानले वडा नम्बर ९ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई सहज रुपले जनताको सेवामा समर्पित हुँदै विकास निर्माण र दैनिक प्रशासनिक कार्यमा सजग भएर काम गर्न सुझाव दिनुभयो ।
प्रमुख अतिथि सुवेदीले बिगतमा भएका कमी कमजोरीहरुलाई सच्याउदै पार्टी निर्माणमा जुट्न आग्रह गर्नु भयो । बैठकमा जिल्ला कमिटी सदस्य तथा ९ नम्बर ईञ्चार्ज हरि गोपाली, नगर सचिव रायमाझी, प्रदेश कमिटीका पूर्व सदस्य बुद्वरत्न मानन्धर, जिल्ला सल्लाहकार कमिटीका सदस्य लक्ष्मण रेग्मी, नगर कमिटीका पूर्व सचिव रामकृष्ण बस्नेतलगायतको आतिथ्यता थियो ।
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments