Byroad News

Loading...

थाहा नगरका शिक्षक संगठनहरुद्वारा नगरको ध्यानाकर्षण


थाहा नगरका शिक्षक संगठनहरुद्वारा नगरको ध्यानाकर्षण

थाहानगर/७ चैत्र

मकवानपुरको थाहा नगरमा क्रियाशील शिक्षक संगठनहरुले विभिन्न १५ बुदामा नगरको ध्यानाकर्षण गराएको छ ।

नेपाल शिक्षक महासंघ आवद्व संघसंगठनहरुले नगरप्रमुख बिष्णु बहादुर विष्टलाई ध्यानाकर्षण पत्र बुझाउदै नगरभित्रका शैक्षिक सुधारलगायतका विषयहरु औंल्याइएका हुन् । 

ध्यानाकर्षण पत्रमा शिक्षा शाखाबाट हुने कार्य सम्पादनलगायतका विषयहरुमा सुधार गर्न जोड गरिएको छ । ध्यानाकर्षण पत्रमा महासंघ थाहा नगरका अध्यक्ष राजाराम कार्की, नेपाल शिक्षक संगठन थाहाका अध्यक्ष रुपचन्द्र गोपाली, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष मनोज रायमाझी, नेपाल शिक्षक संघका अध्यक्ष बिनोद सुवेदी र अखिल नेपाल शिक्षक संघका प्रतिनिधि हरिशरण रायमाझीले हस्ताक्षर गर्नु भएको छ ।

ध्यानाकर्षण पत्र बुझ्नु हुँदै नगर प्रमुख विष्टले आफू सकारात्मक हुने आश्वासन दिनु भएको छ ।

ध्यानाकर्षण पत्रको पूर्ण पाठ:

Comments

KATHMANDU WEATHER