थाहानगर/३० फागुन
थाहा नगरपालिका वडा नम्बर ११ मालागिरीका अग्नि पीडितलाई पालुङ जेसीजले आर्थिक सहयोग गरेको छ ।
३० फागुनमा जेसीज अध्यक्ष निरज रायमाझीसहितको टोली पीडितको घर पुगेर नगद सहयोग गरेको हो । पालुङ जेसीजका अध्यक्ष रायमाझी, पूर्व अध्यक्षद्वय सुरेन्द्रमान प्रधान, नवराज लामालगायतको टोलीले नगद ३२ हजार १ सय ७५ रुपियाँ सहयोग प्रदान गरेको हो ।
सहयोग रकम वितरण गर्दै पूर्व अध्यक्ष प्रधानले समुदाय समस्या पर्दा एक अर्काले सहयोग गर्ने नेपालीको परम्परा समेत भएको हुँदा सबैलाई सहयोगमा जुट्न आव्हान गर्नुभयो । अध्यक्ष रायमाझीले जेसीजले तत्कालका लागि नगद सहयोग गरेको बताउदै मानवताको सेवामा जुट्न आग्रह गर्नुभयो ।
कार्यक्रम ११ नम्बर वडा अध्यक्ष दिनेश बलको प्रमुख आतिथ्यतामा भएको हो । थाहा ११ मालागिरीका सुरेन्द्र लामाको घर २४ फागुनमा विद्युतीय तार सर्ट भएको आगजनी भएको हो । आगजनीले लामाको घर र सम्पूर्ण सामान पूर्ण रुपले नष्ट भएको छ ।
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments