थाहानगर/१६ फागुन
मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने थानाबजार पुल, पालुङ, फेदीगाउँ, चिसापानी, चल्ती सडकका लागि करिव ३ करोड रुपियाँ थप वजेट सुनिश्चित भएको छ । अब सो सडकमा ५ करोड ६८ लाखको काम हुने निश्चित भएको छ ।
थाहा नगरपालिकाको २, ३ र ७ नम्बर वडालाई जोड्ने उक्त सडकका लागि बहुवर्षे योजना अन्तर्गत अर्थ मन्त्रालयले थप स्रोत सुनिश्चित गरेको हो ।
अर्थले चालु आर्थिक वर्षमा १ करोड ५० लाखको काम गर्नेसहितको ५ करोड ६८ लाखको स्रोत सुनिश्चित गरेको मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तौलाका स्वकीय सचिव आशिष अस्लामीले जानकारी दिनुभयो ।
सो सडकका लागि आर्थिक वर्ष २०८०/०८१ का लागि १ करोड ५० लाख, ०८१/०८२ का लागि २ करोड ५३ लाख र आर्थिक वर्ष २०८२/०८३ का लागि १ करोड ६५ लाखको स्रोत सुनिश्चित भएको हो । यसअघि पहिले सुनिश्चित भएको वजेटका लागि स्थलगत सर्वे भैसकेकोमा अब थप कामका लागि पुनः सर्वे हुनेछ । अघिल्लो सर्वे पालुङपट्टी मात्र भएपछि आग्राका बासिन्दाले गुनासो गर्दै आएका थिए । थप सुनिश्चित वजेटले आग्रातर्फ काम हुनेमा स्थानीय विश्वस्त छन् ।
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments