थाहानगर/१० फागुन
नेकपा एमालेको आगामी फागुन २८ गते हुने नगर अधिवेशनका लागि थाहा नगरपालिका वडा नम्बर २ बाट प्रतिनिधि टुंगो लागेको छ ।
५ फागुनमा भएको वडा अधिवेशनमा आवश्यक संख्या भन्दा बढी संख्यामा प्रतिनिधिमा उमेदवारी परेपछी लामो रस्साकस्सी रह्यो । ५ दिन लगातारको प्रयास पछि प्रतिनिधि टुंगो लागेको हो । कुल १ सय २१ जना संगठित सदस्य रहेको २ नम्बरमा खुल्लातर्फ १७ जना प्रतिनिधि पाउनेमा ३२ जनाको उमेदवारी परेको थियो ।
खुल्लातर्फको प्रतिनिधिमा राम कार्की, रमेश कार्की, गुप्त कार्की, अच्युतम प्रसाद ढकाल, बिमल कुमार ढकाल, सगुन कुमार ढकाल, पुरुषोत्तम ढकाल, रामकृष्ण बस्नेत, मधुकर विक्रम श्रेष्ठ, गौतमराज श्रेष्ठ, बिक्रम श्रेष्ठ, विश्वमान प्रधान, सिताराम थापा, विष्णुहरि थापा, जीवन बस्नेत, श्यामकुमार कार्की र गगन श्रेष्ठ रहनु भएको छ ।
यसैगरी ९ जना महिला सदस्यहरुमा तुलसा विष्ट, रामप्यारी नापित, शोभा तामाङ, मिठु ढकाल, शान्ता रिमाल, सावित्रीदेवी ढकाल, सावित्री ढकाल र अम्बिका कार्की रहनु भएको छ । दलित प्रतिनिधिद्वयमा सिताराम बयलकुटी र नानीमैयाँ देउला रहनु भएको वडा ईञ्चार्ज मधुकर विक्रम श्रेष्ठले जानकारी दिनुभयो ।
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments