Byroad News

Loading...

स्थनीय स्काउट थाहा नगरले पूर्णता पायो


स्थनीय स्काउट थाहा नगरले पूर्णता पायो

थाहानगर/६ फागुन

स्थानीय स्काउट थाहा नगरले पूर्णता पाएको छ । ६ फागुनमा स्थानीय स्काउट थाहा नगरका संरक्षक विष्णु बहादुर विष्टले गणेशमान श्रेष्ठलाई आयुक्तमा नियुक्त गरेसंगै स्थानीय स्काउट परिषदले पूर्णता पाएको हो । 

श्रेष्ठ यसअघि स्थानीय स्काउट थाहा नगरका संयोजक हुनुहुन्थ्यो । स्थानीय स्काउटको फागुन ४ गते बसेको बैठकको निर्णय अनुसार श्रेष्ठलाई स्थानीय स्काउटको आयुक्तमा सिफारिस गरिएको थियो।

उहाँसंगै स्थानीय स्काउट थाहा नगर परिषद प्रमुख भरत गाेपाली(थाहा नगर उप प्रमुख), सदस्यहरु कुमार नेगी, विनोद लामिछाने, राम महर्जन, कृष्ण प्रसाद लामिछाने, मिना महर्जन, सुमित्रा केसी, गंगा नेपाल, सावित्री केसी र रेणुका गुरुङ रहनु भएको छ । परिषदको सदस्य सचिव थाहा नगर शिक्षा शाखा प्रमुख माधबबिक्रम मल्ल रहनुभएको छ।

नेपाल स्काउट ऐन २०५० अन्तर्गत बनेको नेपाल स्काउट नियमावली २०७७ को दफा २१ मा स्थानीय स्काउट परिषदमा निर्वाचित सदस्यहरुमध्येबाट स्थानीय संरक्षकले एक जना आयुक्त मनोनित गर्ने व्यवस्था अनुरुप श्रेष्ठ नियुक्त हुनु भएको हो ।

Comments

KATHMANDU WEATHER