थाहानगर/३ फागुन
थाहानगरपालिका वडा नम्बर ४ धारापानीमा कुकुरहरुको आक्रमणबाट मृगको ज्यान बचाएको छ ।
कुकुरहरुको आक्रमणमा परेका पोथी मृगलाई स्थानीय हिरा रायमाझीले उद्दार गरि इलाका प्रहरी कार्यालय पालुङलाई जिम्मा लगाएका हुन् ।
कुकुरको आक्रमणबाट घाइते भएको मृगको एउटा खुट्टाको खुरभन्दा अलि माथीसम्मको भाग कुकुरले खाईदिएको छ। घाईते मृगलाई शिखरकोटमा रहेको पुजा एग्रो भेटका प्रोपाइटर रुपेश मिश्रले नि:शुल्क उपचार गरिएको र उक्त मृगलाई वन कार्यलयको जिम्मा लगाइने इलाका प्रहरी कार्यालयले जनाएको छ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments