थाहानगर/२९ माघ
होमस्टे (घरबास) महासंघ नेपालको केन्द्रीय बैठक तथा रणनीतिक योजना तर्जुमा गोष्ठीबाट सचिवालय सदस्यमा थाहानगरका माधव कार्की चुनिनु भएको छ ।
जिल्ला समन्वय समिति पाल्पाको सभाहलमा माघ २८ र २९ गते भएको बैठकले बिभिन्न बिभागको गठन सहित विभिन्न निर्णयहरु गरेकोमा सचिवालयमा कार्की चुनिनु भएको हो ।
महासंघका केन्द्रीय अध्यक्ष प्रेमशंकर मर्दनियन थारुको अध्यक्षतामा भएको बैठकले १५ सदस्यीय सचिवालय सहित ४ वटा बिभाग समेत गठन गरेको हो ।
सचिवालयमा थाहाका कार्कीसहित बरिष्ट उपाध्यक्ष बाबुराजा महर्जन, उपाध्यक्ष धनिश्वर बस्याल, एकराज घिमिरे, प्रकाश गुरुङ, लक्ष्मी नारायण चौधरी, रचना बाठा, महासचिब कृष्णलाल चौधरी, सचिव गंगादेबी हायजू, कोषाध्यक्ष सुरज बास्तोला र सदस्यहरुमा भीमबहादुर केसी, दमन पाटामार, रिम बहादुर आले, धनकुमार आले चुनिनु भएको छ ।
बैठकले उपाध्यक्ष धनिश्वर बस्यालको संयोजकत्वमा बिदेश बिभाग, केन्द्रीय सदस्य उर्मिला गुरुङको संयोजकत्वमा शिक्षा तथा सञ्चार बिभाग, महासचिव कृष्णलाल चौधरीको संयोजकत्वमा अध्ययन, अनुसन्धान तथा विकास बिभाग र पदेन सदस्य दिनेश दहितको संयोजकत्वमा साँस्कृतिक बिभाग गठन गरेको छ ।
त्यस्तै तिलक बहादुर ढकाल, उदयराज पाण्डे, केशब प्रसाद बडाल, यदुमणी निरौला, डा. तुल बहादुर साउद र शिब बस्नेतलाई सल्लाहकारमा र अधिवक्ता धनेन्द्र श्रेष्ठलाई कानुनी सल्लाहकारमा मनोनयन गरेको छ ।
केन्द्रीय सचिवालय सदस्य माधब कार्कीका अनुसार महासंघको सचिवालय बैठक मकवानपुर जिल्लाको थाहानगरपालिका २ मा रहेको डाँडाघरे बा को होमस्टेमा चैत्र ५ र ६ गते बस्ने निर्णय समेत गरिएको छ ।
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments