थाहानगर/२७ माघ
थाहानगरस्थित सहयोगी वचत तथा ऋण सहकारी संस्था लि.को १६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
अध्यक्ष अञ्जल प्रधानको सभाध्यक्षतमा सम्पन्न साधारणसभामा प्रमुख अतिथि थाहा नगरपालिका प्रमुख विष्णु बहादुर विष्टले जनताको सहज जिविकोपार्जनका लागि सहकारी नै बिकल्प रहेको बताउनु भयो । विष्टले थाहा नगरमा निर्माणाधीन सीतभण्डारको काम यथासीघ्र सम्पन्न गर्न नगरपालिका लागिरहेको बताउनु भयो ।
कार्यक्रमको अवसरमा थाहा नगर सहकारी शाखा प्रमुख अस्मिता तिवारी घिमिरे, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर विष्ट, सुखी भविष्य वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रमान प्रधान, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, १ नम्बर वडाका कार्यवाहक अध्यक्ष सरोज प्रधानलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।
साधारणसभामा अध्यक्ष अञ्जल प्रधानले भावी नीति तथा कार्यक्रम, सचिव धर्मलाल प्रधानले प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजमान श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक प्रदिप प्रधानले सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्नु भयो ।
संस्थाका कोषाध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार आ.व. २०७९/०८० मा संस्थाको कुल शेयर पुँजी १ करोड ७१ लाख ४४ हजार ८ सय रुपियाँ रहेको छ ।
संस्थामा कुल वचत १२ करोड ७ लाख ६ हजार ७ सय ७१ रुपियाँ रहेको छभने कर्जातर्फ ११ करोड ५३ लाख ६४ हजार ३ सय ६४ रुपियाँ रहेको छ । जसमा सबैभन्दा बढी व्यापार शीर्षकमा ५ करोड ४८ लाख १६ हजार ६ सय ८८ रुपियाँ लगानी रहेको छ । कर्जाबाट कुल व्याज १ करोड ३२ लाख १७ हजार ८ सय ५६ रुपियाँ रहेकोमा बचतमा व्याज खर्च १ करोड ८ लाख १० हजार ४ सय ६५ रुपियाँ रहेको छ ।
संस्थाले गत आ.व.मा कुल २४ लाख ७९ हजार ३ सय २४ रुपियाँ नाफा कमाएको छ।
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments