थाहानगर/२६ माघ
नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाको २६ औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
शुक्रबार नेपाल रेडक्रस सोसाइटी दामन उपशाखा सभापति मनश्याम बस्नेतको अध्यक्षता तथा मकवानपुरका सभापति लालबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा दामन उपशाखाका पूर्व सभापतिहरुलाई सम्मान गरिएको थियो ।
साधारणसभामा पूर्व सभापतिहरु बिमलकुमार बिष्ट, कृष्णबहादुर बिष्ट, अरुण रायमाझी, मधुसुदन रायमाझी र निवर्तमान सभापति राजकुमार केसीलाई सम्मान गरिएको थियो ।
साधारणसभाले उपशाखा सभापति मनश्याम बस्नेत, कोषाध्यक्ष यादब जंग रायमाझी, सचिव राजाराम रायमाझीले प्रस्तुत गर्नुभएको प्रतिवेदनहरु अनुमोदन गरेको छ ।
उपशाखा दामनका उपसभापति गीता कार्की, थाहा नगरपालिका वडा नम्वर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, जनकल्याण मावि पालुङका प्रधानाध्यापक सानोभाई कार्की, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका पिताम्वर बास्तोला, पालुङ जेसीज बर्ष २०२४ का कार्याकारिणी उपाध्यक्ष मानसिं दोङलगायतको आतिथ्यता थियो ।
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments